Word Meanings and Translation In Nepali of " Pandora's Box ". " Pandora's Box " is the re-written version of the Greek myth. It presents the story of how Pandora let loose the " Troubles " in the world and how life became bearable only with the coming of "hope". The conflict between gods and human beings and between hopes and fears is the main theme of the play.

Word Meanings in Nepali of 'Pandora's Box'
'Pandora's Box' Nepali Word Meanings
Nepali Meanings 'Pandora's Box'
English and Nepali Word Meanings Of 'Pandora's Box'

Meaning
mime
( in the theatre etc. ) use of only facial expressions and gestures to tell a story ( अनुहारको भावभंगीमा वा इशारामा प्रयोग गरेर कथा भन्नु (नाट्यशालाहरुमा )
chorus
a group of people that sing or chant all at the same time ( गायक मण्डली )
merry
happy ( खुशी )
to and fro
here and there ( यताउता, हल्लिनु, पेन्डुलम जस्तै )
ashine
shining ( चम्किलो )


SEE MORE WORD MEANINGS:-

EXTRA WORD MEANINGS OF "PANDORA'S BOX"

Translation Of Pandora's Box In Nepali ( नेपालीमा अनुवाद ):


नाटकको सुरुमा संसार दु:ख कष्टहरु देखि अलग देखिन्छ। संसारको सुरुवात भर्खर भएको छ। यो पूर्ण स्वतन्त्रताको संसार छ जहाँ बच्चाहरु स्वतन्त्रता पूर्वक सुरक्षित रुपले खेल्न सक्छन्। बादल जहाज जस्तै देखिन्छ र स-साना खोलाहरु गीत गाउँदै बग्छन्। सबै देवीदेवताहरु खुसी छन्। संसार सूर्यले उज्यालो बनाएको छ।

पाण्डोरा सर्व प्रथम मन्चमा आउँछे र एउटा सानो अवास्तविक झैँ लाग्ने बल सँग खेल्न थाल्छे। देवदेवीहरू चन्द्रमा र ताराहरु सँग खेले जस्तै पाण्डोरा  बल सँग खेल्दछे। इपिमेथियस मन्चमा प्रवेश गर्दछ र एकअर्काले बल खेल्न थाल्छन्। उनीहरु एकदम खुशीसाथ खेलीरहेका छन्।

गायक मण्डलीको नेता चिन्तित छ। हर्मिस नाम गरेको भगवानको संदेशवाहक त्यहाँ आइपुग्छ। उसले सिल्भर ( चाँदी ) का जुत्ता लगाएको छ। गायक मण्डलीको नेताले सोध्छ  त्यहाँ बच्चाहरुलाई आशिर्वाद दिन आएको हो। सबैले हर्मिसलाई खुसी साथ अभिवादन गर्दछन्। ऊ त्यहाँ देवराज ज्यूको आदेशमा आएको थियो। हर्सिसले एउटा काल्पनिक जस्तो लाग्ने बाकस लिएर आएको थियो। हर्मिस बच्चाहरु सँग मुस्काउँछ र बट्टा हातमा समाउँछ। पाण्डोरा बाकस देखेर दंग पर्छे। स्याडल नाम गरेको काठबाट बनाइएको यो बट्टामा ओडार जस्तो मुखले जिज्ञासु भएर हेरिरहे जस्तो देखिन्छ र यसमा ओरिपरि सर्पहरु बेरिएका छन्। बट्टामा एउटा राम्रो सुनको गहना जडान गरिएको छ। हर्मिसले पाण्डोरालाई चेतावनी दिन्छ अनि एकपटक मुस्काएर त्यहाँ बाट निस्कन्छ।

पाण्डोरा र इपिमेथियस फेरी त्यही बल खेल्न थाल्छन् तर पाण्डोरा भने त्यही बाकससँग चकित परिरहेकी छे। उसले त्यहाँ बाट एउटा आवाज उसै सँग बोलिरहे जस्तो सुन्छ। बाकस भित्र बाट आएको त्यो आवाजलाई राम्रो सँग सुन्छे र बाकस उचालेर त्यहाँ हेर्छे। उसले त्यहाँ बाट इभिल (खराब नियतको) आवाजले बिर्को खोल्न अनुरोध गरिरहेको सुन्छे। उसले एकाएक बट्टाको विर्को खोल्छे। त्यहाँ बाट दु:ख कष्टहरु बाहिर निस्कन्छन् र उसैलाई डस्न थाल्छन्। इपिमेथियस दगुर्दै भित्र आउँछ। पाण्डोरा र इपिमेथियस भएर दु:ख कष्टहरुलाई पिटेर हटाउँछन्। इपिमेथियसले पाण्डोरालाई रिसाएको भावमा आरोपित आँखाहरुले हेर्छ। पहिले उसले इपिमेथियसलाई च्यालेन्ज गर्छे तर केही क्षण पछाडि लाजले टाउको निहुराउँछे।

गायक मण्डलीले पाण्डोराले दु:ख कष्टहरुलाई बाहिर आउन दिएको र अब पुन: बाकसभित्र ल्याउन असम्भव हुने कुरा बताउँछ। अब शान्ति र अज्ञानताहरु सब नाश भए सधैँका लागि। मानिसहरु एकदम दु:खी र चिन्तित देखिन्छन्। यदि कसैमा समयलाई पछिल्तिर तानेर एक घण्टा जति रोकी राख्ने क्षमता भएदेखि सबै जना अति खुसी हुने थिए। पाण्डोरा आफ्नो काम प्रति अति चिन्तित भई तर उसले फेरी त्यो बाकसबाट अर्को आवाज आइरहेको सुनी। फेरी दोश्रो पटक बाकस खोलियो र त्यहाँ बाट " आशा " बाहिर निस्कियो। " आशा " ले उनीहरुलाई खुशी हुन प्रोत्साहित गर्यो। यो कथाले आजको संसारको वर्णन गर्छ। त्यहाँ दु:ख कष्ट छन् तर यहाँ आशा पनि छ।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post